ह्वात्तै बढ्यो सुनको भाउ

0
11

काठमाडौँ- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य महंगिएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला २५ रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here