काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।आइतबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।