‘म्यान अफ दी म्याच’ सन्दीप सीपीएलको दोस्रो खेलमा

0
15

वेस्ट इन्डिज- क्याराबिन प्रिमियर लिग (सीपीएल) यस सिजनको दोस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। उत्कृष्ट बलिङ गरी टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान गरेका थिए र सन्दीप ‘म्यान अफ दी म्याच’ बने।
सन्दीप यस सिजन बार्बाडोस ट्रिडेन्समा आवद्ध भएका छन्। बार्बाडोस ट्रिडेन्सले बुधबार राति ( नेपाली समय बिहीबार बिहान) सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटसँग प्रतिस्पर्धा गरेको हो।
४ ओभर बलिङ गरेका सन्दीपले २२ रन दिएर ३ विकट लिए र ५औं ओभरमा बलिङमा आएका सन्दीपले ७ रन दिए। त्यसपछि ११औं ओभरमा आएर पुन ७ रन दिएका थिए।
१३औं ओभरमा २ विकेट लिन सफल भए। उनले १३औं ओभरको पहिलो बलमा सर्माह ब्रुकलाई क्याच आउट गराएका थिए ओभरको अन्तिम बलमा ४१ बलमा ६४ रन बनाएर खेलिरहेका लाउरी इभान्सलाई पनि क्याच आउट गराए।
१५औं ओभरमा भने उनले प्याट्रियटका कप्तान कार्लोस ब्रेथवेटलाई एलबीडब्लू आउट गराई तेस्रो विकेट लिए।
यस्तै पहिलो खेलमा ४७ रनले पराजित बार्बाडोस ट्रिडेन्सले सीपीएलको यस सिजनमा पहिलो जित निकालेको छ। सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बार्बाडोस ट्रिडेन्सले २० ओभरमा २ किवेट गुमाएर १८६ रन बनाएको थियो। १८७ रनको लक्ष्य पाएको प्याट्रियटले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन बनाउन सक्यो र बार्बाडोस ट्रिडेन्सले १८ रनले खेल आफ्नो पक्षमा पार्‍यो। सबैभन्दा किफायती बलिङ गरी सबैभन्दा धेरै विकेट लिएका सन्दीप लामिछाने म्यान अफ दी म्याच’ बने।
म्यान अफ दी म्याच भएपछि प्रतिक्रिया दिँदै सन्दीपले सबै साथीहरुको कडा योगदानका कारण जित सम्भव भएको बताएका छन्। गत सिजन सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबाट सीपीएल खेलेका उनले यो मैदान होमग्राउन्ड जस्तै लागेको समेत प्रतिक्रिया दिएका छन्।
गत सिजनमा पहिलो पटक सन्दीप क्याराबिन प्रिमियर लिगमा आवद्ध भएका थिए र सेन्ट किट्स एन्ड नेभिस पेट्रिवट्सले अनुबन्ध गरेको थियो। ५ खेल मात्रै खेलेका उनले ७ विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here