कम्युनिस्ट इतरको सरकार बनाउने गृहकार्यमा देउवा

0
3

काठमाडौं- कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै गोप्य सल्लाहमा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब दल नयाँ सरकार गठनमा जुटेका छन् । सोहीअनुसार कांग्रेस नेतृत्वमा कम्युनिस्ट इतर सरकार बनाउनेगरी आन्तरिक छलफल थालिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा उठाउने गरेको भन्दै कांग्रेस वृत्तमा भने आलोपालो प्रधानमन्त्रीको च्याप्टर क्लोज गर्नुपर्ने माग उठेको छ । कांग्रेसका बहुसंख्यक नेता तथा सांसदले प्रधानमन्त्रीमा आलोपालो विषयमा अरुचि राख्न थालेको पाइएको छ । उनीहरूमध्ये अधिकांशले प्रधानमन्त्री देउवालाई भेटेर पाँच वर्षकै लागि प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र आलोपालो गर्ने विषय अस्वीकार्य हुने सुझाव दिँदै आएका छन् ।
विशेषगरी कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा त्यसले सिंगो पार्टी पंक्तिलाई गम्भीर क्षति पु¥याइरहने हुँदा आमकांग्रेस कार्यकर्ताको चाहनाअनुसार माओवादीकेन्द्रसँगको सहकार्य टुटाएर कम्युनिस्टइतर शक्तिसँगको सहकार्यमा सरकार बनाउने आन्तरिक तयारी गरिएको कांग्रेस निकट उच्च स्रोतले जानकारी दिएको छ ।राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here