विश्वकपको फाइनलमा आइतबार फ्रान्स र अर्जेन्टिना भिड्ने

0
4

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८ः४५ बजे सुरु हुनेछ । सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन् । यस्तै विश्वकप अन्तर्गत नै मोरक्को र क्रोएसियाबीच शनिबार राति तेस्रो स्थानको लागि खेल हुनेछ । विश्वकै ध्यान तानेको विश्वकपको अन्तिम खेलमा साविक बिजेता फ्रान्स र अर्जेन्टिनाका समर्थकहरु आआफ्नो टिमले जित्ने दाबी गर्न थालेका छन् । एउटै फुटबल क्लब सेन्ट लरेन्स (पिएसजी)का २ स्टार खेलाडीहरु फरक फरक देशबाट खेलिरहेका छन् । उनीहरुको प्रतिस्पर्धात्मक खेललाई पनि रोचक रुपमा लिइएको छ । समर्थक र आंकलनहरुले खेल फ्रान्स र अर्जेन्टिना जसले जित्ने दावी गरे पनि अन्तिम नतिजा हेर्न भने आइतबार रातिसम्मको खेल पर्खनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here