आज पनि घट्यो सुनको मूल्य

0
7

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहेको चाँदी आजपनि सोहि मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here