गठबन्धनले सरकार बनाउन नसके एमाले अघि सर्ने ज्ञवालीको भनाइ

0
4

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनु व्यावहारिक नहुने बताएका छन् । ‘गठबन्धनले बहुमत पुर्‍याएर सरकार बनाए हामीले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने हो । गठबन्धनले बनाउन सकेन भने मात्र एमालेको नेतृत्वमा वाम गठबन्धन सरकार बनाउने पहल हुन्छ । कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा पनि आएको छ । तर त्यो व्यावहारिक हुन्न । लोकतन्त्रमा बलियो प्रतिपक्ष चाहिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने । पार्टीको आजको बैठकमा चुनावको समीक्षा नहुने पनि ज्ञवालीले बताए । उनले भने, ‘आज समानुपातिक सांसद छनोट बारे मात्र छलफल हुन्छ, जिल्ल्लाबाट रिपोर्ट आएपछि मात्र चुनावको समीक्षा हुन्छ ।’ समानुपातिकमा एकाध उद्योगपति, व्यापारी परे पनि प्रायः नेता कार्यकर्ता नै आउने उनले दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here