१६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, हेर्नुहोस कुन दलले कति सिट सुरक्षित गरे !

0
11

काठमाडौं- प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा छ । अहिलेसम्म नतिजा आएका १ सय ६४ क्षेत्रमध्ये नेपाली कांग्रेसले ५७ क्षेत्रमा जित हासिल गरेको छ । त्यसैगरी, नेकपा (एमाले)ले ४४ सिटमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा १७ सिट प्राप्त गरेर नेकपा (माओवादी केन्द्र)ले तेस्रो स्थान सुरक्षित गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले १० क्षेत्रमा विजय प्राप्त गरी चौथौमा बस्न सफल भएको छ । त्यसैगरी, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात क्षेत्रमा विजयी भएका छन् । त्यसैगरी, लोकतन्त्र समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा एक, नेमकिपा एक, जनमत पार्टी एक र पाँच स्वतन्त्र गरी हालसम्म १ सय ६४ जना उम्मेदवार निर्वाचित भएका छन् । दोलखामा भने मतगणना जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here