स्याङ्जा–२ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी

0
5

स्याङ्जा- स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । कांग्रेस उम्मेदवार अर्यालले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरका हुन् । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन्।प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहेकी छन्। उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here