झेली मायाँ सार्वजनिक गर्ने तयारीमा पुजा, बिक्रम,सगुनको र रामकुमार अभिनयमा छायांकन सम्पन्न

0
60

काठमाडौं – गीतकार पुजा ठकुरीको शब्द रचनामा रहेको ‘झेली मायाँ’ बोलको आधुनिक गीतको भिडियो छायांकन कार्य सम्पन्न भएको छ । केशब सापकोटाको संगीत, कमल सौरागको संगीत संयोजन एबम प्रताप दाश को आवाजमा सजिएको उक्त गीतको भिडियोलाई भने निर्देशक कुमार केसीले निर्देशन गरेका हुन्। भिडियोको छायांकन राम केसी ले गरेका हुन् । जसमा लोकप्रिय मोडेल बिक्रम बुढाथोकी ,सगुन साहि र रामकुमार प्रधानको अभिनय रहेको निर्माण पक्षले जानकारी दिएको छ। आफु हरुले धेरै मिहेनेत गरेर गीत अडियो भिडियो तयार गरेकोले दर्शक श्रोताले गीत मन पराइदिनेमा आस्वस्त रहेको गीतकार एबम सोहि गीतकी निर्मात्री पुजा ठकुरीले बताएकी छन्। गीतको अडियोलाई विभिन्न अनलाइन प्लेटफर्महरु मार्फत सार्बजनिक गरिसकिएको र भिडियो पनि छिट्टै सार्बजनिक गरिने समेत गीतकार एबम निर्मात्री ठकुरीले जनाएकी छन्। गीतको भिडियोको सम्पादन एबम रंग संयोजन पछिल्लो समयका लोकप्रिय म्युजिक भिडियो सम्पादक बिनोद बमले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here