‘अवतार २’ केरलामा रिलिज नहुने

0
4

वास्तवमा, केरलाका थिएटर मालिकहरूले ’अवतार २’ रिलिज गर्न अस्वीकार गरेका छन्। फिल्म एक्जिबिटर्स युनाइटेड अर्गनाइजेसन अफ केरलाले अवतार २ को केरलामा रिलिज हुन नदिने घोषणा गरेको छ।

रिपोर्टमा विश्वास गर्ने हो भने यसको कारण नाफालाई लिएर फिल्मका वितरक र हलका मालिकबीचको विवाद रहेको बताइएको छ ।

‘अवतार २’ का वितरक फिल्म रिलिजपछि पहिलो हप्ताको कमाइको ६० प्रतिशत दिन चाहन्छन् भने थिएटर मालिकले ५५ प्रतिशत मात्रै दिन चाहन्छन् । यही विषयमा दुईबीच विवाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here