हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
15

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइ रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here