चिनी खान चटक्कै छाड्दा के हुन्छ त ?हेर्नुहोस

0
2

हामीले दैनिक खाने खानाबाट नै शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट प्राप्त गर्ने भएकाले चिनी चटक्कै छाड्दा पनि केही नराम्रो असर गर्दैन । प्रोटिन फ्याट दैनिक सेवन गर्नुपर्छ । यस्ता खानेकुरा चटक्कै छाड्दा हाम्रो शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्छ तर कार्बोहाइड्रेट हामीले अन्य खानाको स्रोतबाट पनि प्राप्त गर्ने भएकाले कार्बोहाइड्रेटका लागि चिनी खाइरहनु पर्दैन । त्यसैले चटक्कै चिनी छाड्दा स्वास्थ्यमा केही नकारात्मक असर गर्दैन ।

सेतो चिनी भन्दा खैरो चिनी खानु राम्रो हो पनि भनिन्छ,के हो ?

अहिले सेतो चिनी हानिकारक छ त्यसैले खैरो चिनी खानुपर्छ भन्ने पनि सुनिन्छ तर सेतो चिनी र खैरो चिनी दुवैमा क्यालोरी उत्तिकै मात्रामा हुन्छ । स्वाद र रंगमा मात्र फरक हुने भएकाले खैरो चिनी खानु र सेतो चिनी खानु दुवै स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन । त्यसैले कुनै पनि प्रकारको चिनी सेवन नगर्दा नै राम्रो हुन्छ ।

हामी दैनिक के कति चिनीजन्य खानेकुरा खाइरहेका हुन्छौं ?

कति चिनीजन्य खानेकुरा खाइरहेको भन्ने कुरा व्यक्तिमा भर पर्छ । एक टेबल चम्चा चिनीमा करिब १५ ग्राम कार्बोहाइड्रेट र ६० क्यालोरी हुन्छ । त्यसैले कुनै व्यक्तिले दिनमा दुई कप चिया खान्छन् भने १२० क्यालोरी प्राप्त गर्छ ।

शरीरलाई दैनिक १६ सयदेखि १८ सय क्यालोरी चाहिन्छ । जुन हामीले दैनिक खाने भात, आलु र फलफूलबाट प्राप्त गरिरहेका हुन्छौं । हामीले कार्बोहाइड्रेट अन्य स्रोत बाहेक सामान्यतया पनि दैनिक १० देखि १५ ग्राम चिनीजन्य खानेकुरा सेवन गरिरहेका हुन्छौं । यसको अर्थ हामीले शरीरलाई चाहिने भन्दा धेरै कार्बोहाइड्रेट सेवन गरिरहेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here