हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
9

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको भाउ आज स्थिर छ । आज सुन प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजावी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९८ हजार र तेजावी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here