उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

0
5

काठमाडौं- निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ । यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय आयोगले गरको हो। आयोगको गत कात्तिक २९ गतेको बैठकले निर्वाचन निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरको हो । साेही निर्देशिका अनुसार प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार वा निजका प्रतिनिधि मात्रै मतदान केन्द्रमा बस्न पाउने भएका छन् । उम्मेदवारले प्रतिनिधि चयन गरेको आधिकारिक पत्र देखाएपछि मात्रै प्रतिनिधिलाई मतदान केन्द्रमा बस्न दिइने भएकाे छ । संशोधित निर्देशिका सबै जिल्ला निर्वाचन कार्यालयहरुमा पठाइसकिएको र सोही अनुसार गर्न गराउन भनिएको आयोगले जनाएको छ । उम्मेदवार नभएका दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न नपाउने भएका छन् । (समाचार श्रोत- नयाँ पुस्ता डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here