सुनको मूल्य घट्यो

0
12

काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९८ हजार र तेजावी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ४०० र तेजावी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो। कार्तिक महिनाको अन्तिम साताबाट लगातार उकालो लागेको सुनको भाउ आज मंसिर महिनाको पहिलो दिन नैै ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here