शीर्ष स्थानमा रहयो जर्मनी

0
28

नर्दन आयरल्यान्डलाई उसैको मैदानमा २–० गोलले हराउँदै जर्मनी युरो कप छनोट फुटबलमा समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
हिजो अर्थात सोमबार राति भएको समूह ‘सी’ को खेलमा जर्मनीलाई जिताउन मार्सल हाल्सटनबर्गले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए भने सर्ज गनब्रीले दोस्रो हाफको इन्जुरी समयमा गोलगर्दै जर्मनीको जित पक्का बनाए । पहिलो हाफमा औसत प्रदर्शन गरेको आयरल्यान्ड दोस्रो हाफमा कमजोर देखिएको थियो । जितसँगै शीर्ष स्थानमा रहेको जर्मनीले पाँच खेलबाट १२ अंक बनाएको छ र समान १२ अंक बनाएको आयरल्यान्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै यही समूहको अर्को खेलमा नेदरल्यान्डले इस्टोनियालाई ४–० गोलले हरायो । नेदरल्यान्डका लागि रायन बाबेलले १७औं र ४८औं मिनेटमा दुई गोल गरेका थिए । मेम्फिस डिपाएले ७६औं जर्जिनियो विज्नाल्डमले ८७औं मिनेटमा एक एक गोल गरेका थिए । जितसँगै नौ अंक बनाएको नेदरल्यान्ड भने तेस्रो स्थानमा रहेको छ । इस्टोनियाले खाता खोल्न सकेको छैन र समूहमा तीन अंक बनाएको बेलारुस चौथो स्थानमा छ ।
युरो कप छनोट अन्तर्गत समूह ‘ई’ को स्लोभाकियाले हंगेरीलाई २–१ गोलले हराएको छ । यही समूहको अर्को खेलमा क्रोएसिया र अजरबैजानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् यसैगरी समूहको शीर्ष स्थानमा रहेको क्रोएसियाले १० अंक बनाएको छ दोस्रो स्थानमा रहेको स्लोभाकिया र तेस्रो स्थानमा हरेको हंगेरीको समान नौ नौ अंक छ । वेल्स ६ अंक सहित तेस्रो स्थानमा रहेको छ र उक्त अंकमा सिमति अजरबैजान अन्तिममा छ ।
समूह ‘जी’ को खेलमा भने नर्थ म्यासेडोनियाले लात्भियालाई २–० र स्लोभेनियाले इजरायललाई ३–२ गोलले हराएको थियो । पोल्यान्ड र अष्ट्रियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । समूहमा ६ खेलबाट १३ अंक बनाएको पोल्यान्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको स्लोभेनियाको ११ र तेस्रो स्थानमा रहेको अष्ट्रियाको १० अंक छ । चौथौ र पाँचौं स्थानमा रहेको नर्थ म्यासेडोनिया र इजरायलको समान आठ अंक छ भने लात्भिया चाहिँ अंक विहिन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here