ह्वात्तै बढ्यो सुनको मूल्य

0
6

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ आज ह्वात्तै बढेको छ। म्रंगलबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज बुधबार प्रतितोला १४०० रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, मंगलबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउको भाउ भने आज बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here