अब काठमाडौँ महानगरपालिका भित्रका सर्बजनिक ठाउँमा धुम्रपान गर्न निषेध

0
5

काठमाडौँ- अब काठमाडौँ महानगरपालिका भित्रका सर्बजनिक ठाउँमा धुम्रपान गर्न नपाइने भएको छ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि सार्बजनिक क्षेत्रमा धुम्रपान निषेध गरेको हो । महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ। कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here