प्रधानमन्त्री देउवा र भारतीय सेनापति बीच भेटवार्ता

0
4

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका सेनापति मनोज पाण्डेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले आज देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सैन्य सम्बन्धबारे कुराकानी भएको बुझिएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवका अलावा भारतका उच्च सैनिक अधिकृतहरु पनि सहभागी थिए । आजै जनरल पाण्डेले नेपाली सेनाका कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गरेका थिए । सोमबार जनरल मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् । (समाचार श्रोत- रिपोर्टस नेपाल डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here