एडुसञ्जालले सुरु गर्यो सिम्याटको निःशुल्क अनलाइन कक्षा

0
4

काठमाडौँ- एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा मद्दत गर्दै आएको एडुसञ्जालले सिम्याटको अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपबाट इन्टरनेटको सहयोगमा एडुसञ्जालको आधिकारीक वेबसाइट (cmat.edusanjal.com) मा गई सिम्याटको कक्षा लिनसक्ने व्यवस्था गरिएको छ। साथै सिमित अबधिका लागी यो सुबिधा निःशुल्क रूपमा प्रदान गरिएको जानकारी संस्थापक बिदुर आचार्यले दिए। ‘सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ’ उनले भने, ‘हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । जसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्यांकन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।’ भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ । तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समय अनुकूल पठनपाठन गर्न सहज वा उपयुक्त हुने, साथै काठमाडौँ उपत्यका बाहिरका बिद्यार्थीहरुका लागि पनि यसले थप सहजता प्रदान गर्ने विश्वास लिएको उनले बताए। ‘विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अंक हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्याङ्कन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन्,’ उनले भने, ‘मोक टेस्ट र विगतमा सिम्याटमा सोधिएका प्रश्न पनि सोही लेसनमा समावेश गरेकाले विद्यार्थीलाई अझ सहज हुने विश्वास छ ।’

के हो सिम्याट ?
त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत सेमेस्टर सिस्टममा आधारित बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिपिए, बिटिटिएम र बिएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट) हो ।
आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अंक ल्याउनुपर्ने हुन्छ । सिम्याटको इलिजिबिलिटीमा कक्षा १२ वा सो सरहको पढाइमा १.८ सिजिपिए वा कम्तिमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्छ ।
९० मिनेटको सिम्याट परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी, लजिकल रिजनिङ र जेनेरल अवेरनेस गरी चारवटा सेसन हुन्छन् । हरेक सेसनमा २५ वटा प्रश्न र २५ नै अंकभार बोकेको हुन्छ भने कुल एक सय वस्तुगत प्रश्न हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here