हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
5

काठमाडौँ- शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । हिजो बिहीबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार पनि सुन तोलामा ९ सय रुपैयाँले घटेको थियो । आज तेजावी सुन पनि घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने थोरै बढेको छ । चाँदी आज हिजो भन्दा ५ रुपैयाँले बढेर तोलाको १ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार १०० रुपैयाँ रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here