हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
6

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार र बिहीबार निरन्तर बढेको सुनको भाउ आज शुक्रबार भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन आज प्रतितोलामा ९५ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here