आजदेखि सुरु हुँदैछ नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला

0
5

काठमाण्डौ- नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् । नेपाल र केन्याबीचको दोस्रो टी-२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एक दिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here