धौलागिरी लघुवित्तको आईपिओ बाँडफाँड

0
4
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- आज धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान आईपिओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यी मध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here