प्रचण्ड–नेपाल सहमतिः घोषणापत्र साझा, निर्वाचन चिह्न आ-आफ्नै

0
6

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् । ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेबारे समेत सहमति गरेका छन् । ललितपुर हात्तिवनमा सोमबार भएको प्रचण्ड–नेपाल भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए । एउटै घोषणापत्रमा निर्वाचनमा सहभागी हुने सहमति गरेका दुवै नेताले चिह्न भने आआफ्नै लिएर निर्वाचन लड्ने छलफलमा सहभागी एक नेताले बताए । यसअघि, माओवादी केन्द्र, डा बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा (राष्ट्रिय एकता अभियान)ले साझा घोषणापत्र र एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनेमा सहमत छन्। केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको नेकपा (राष्ट्रिय एकता अभियान)ले साझा घोषणापत्र र माओवादीकै चिह्न लिएर निर्वाचनमा सहभागी हुने माओवादीसँग सहमति गरेको छ । (राजधानी दैनिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here