आज विप्लव सहितका ४ कम्युनिस्ट पार्टीको देशव्यापी आन्दोलन

0
5

काठमाडाैं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहितका ४ कम्युनिस्ट घटकले आज देशव्यापी आन्दोलन गर्दैछन् । पूर्व घोषित कार्यक्रम अनुसार मंगलवार नेपाल बन्द आह्वान गरिएको छ। गत साउन २७ गते जारी एक वक्तव्यअनुसार ४ कम्युनिस्ट घटकले बन्द सहितका चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए। गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख थियो। जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here