एक किलो चरेशसहित पक्राउ परे किराना पसले

0
9

काठमान्डौँ- कैलालीमा लागुऔषधसहित एकजना किराना व्यापारी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किराना पसल चलाउदै आएका ३६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बझाङ जयपृथ्वी नगरपालिका(६ घर स्थायी घर भएका सिंहलाई एक किलो चरेशसहित पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले पसलमा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको थियो । पक्राउ परेका उनलाई प्रहरी कार्यालयको हिरासतमा राखेर सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here