निरन्तर ओरालो लाग्दै नेपाली बजारमा सुनको मूल्य, हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ

0
6

काठमाडौं- आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन आज प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १० रुपैयाँले घटेर चाँँदी १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here