माओवादी केन्द्रले टुंग्यायो २१ पदाधिकारी

0
3

काठमाडौँ – नेकपा माओवादी केन्द्रले शनिबार २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै परेकी छन् । महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् । यस्तै, उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् । सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here