आज पनि घट्यो सुनको भाउ

0
10

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य झन् घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुन प्रतितोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो हप्तादेखि दैनिकजसो बढेको सुनको भाउ सोमबारपछि भने लगातार रुपमा घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here