आउँदो चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि

0
9

काठमाडौँ- आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरुको रुजु आजदेखि सुरु हुने भएको छ । आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु आजदेखि सुरु गर्ने भएको हो। प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् । दल दर्ताको निवेदन दिएका सबै दलहरुको आजदेखि जाँच गर्ने र त्यसमा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भए-नभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचन आयोगले निवेदनका लागि हिजोसम्मको समयावधि तोकेको थियो । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ। सबै परीक्षणपछि दलहरुलाई दर्ताका लागि आयोगमा पेस गरिनेछ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निर्णय गरेका छन्। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीले पनि एउटै चुनाव चिह्नमा चुनाव लड्नेछन्। नेकपा (समाजवादी), सामाजिक एकता पार्टी र नेपाल दलित पार्टी तथा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र रमेश प्रसाद खरेलको नेपाल सुशासन पार्टीले पनि एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here