भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

0
5

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ ८० पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जनाएको हो । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमलाई घाटा नै रहेको निगमले जनाएको छ । नेपाली बजारमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । निगमका अनुसार नयाँ मूल्य हेरफेर भएपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ घाटा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here