चालकलाई आक्रमण गर्न भन्दै ट्रकमाथि चढ्ने युवाको खसेर मृत्यु

0
12

काठमाडौं – मध्यरातमा मदिरा सेवन गरेर ट्रकका चालक र सहचालकलाई आक्रमण गर्न भन्दै ट्रकमा चढेका एक युवाको खसेर मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्न ट्रकमाथि चढेका तानसेन ८ जरे पिपलका २५ वर्षीय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मदिरा सेवन गरी सडकको बिचमा सुतिरहेको अवस्थामा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट पाल्पातर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएर बाटो छाड्न सङ्केत गर्दा उल्टै श्रेष्ठ सहितका ४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्न ट्रकमा चढेका थिए । त्यस क्रममा ट्रकबाट खसेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो । पाल्पा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहराले ट्रक सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको बताए । उनले घटनामा संलग्न युवाहरू प्रहरीको सम्पर्कमा रहेको र अनुसन्धान भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here