कुटपिटबाट ३५ वर्षीय युवकको मृत्यु ,घटनामा संलग्न भएको आशंकामा ३ जना पक्राउ

0
9

गोरखा- पालुङटार नगरपालिका–५ धरमपानीका ३५ वर्षीय बुुद्धिबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ । विक बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि आँपपिपल अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘शरीरमा नीलडाम देखिएको छ, यस बारेमा थप अनुसन्धान गर्दैछौँ,’ उनले भने । घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here