हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
9

काठमाडौं- बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य थोरै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज, तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य आज बुधबार भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here