निर्वाचनको लागि एमालेले गरायो दल दर्ता

0
11

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार बिहान एमालेका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए । आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ । यसअघि आयोगमा दर्ता भएका दलहरुले पनि निवर्नाचन प्रयोजनमा भाग लिन पुन दल दर्ता गराउनुपर्ने व्यवस्था छ । यसअघि आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । त्यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भएका थिए । (समाचार श्रोत : न्युज सेवा डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here