हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
5

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । हिजो बिहीबार तोलामा ८०० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो बिहीबार छापावाल सुन ९६ हजार १ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको भाउ पनि आज उकालो लागेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here