‘बिग्रेकी केटी रेलीमै रेलीमै साइली रिमै’को अत्यधिक चर्चा, जित्दै सबैको मन (भिडियो सहित)

0
14

काटमाडौं- हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज नजिकिए संगै नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन तीजका गीतहरु प्रकाशन हुने क्रम ह्वात्तै बढेको छ। यहि क्रममा बिन्ध्यबासिनी म्युजिक प्रालिबाट एक पृथक किशिमको तीज गीत प्रकाशन भएको छ। नारि अधिकार को आवाज उठाउँदै प्रकाशन भएको ”रेलीमै रेलीमै साइली रिमै” बोलको उक्त गीतले प्रकाशन भएको छोटो समयमै अत्याधिक दर्शक श्रोताहरुको साथ पनि पाइरहेको छ। बिन्ध्यबासिनी म्युजिक प्रालिका संचालक सुबास रेग्मी निर्माताको रुपमा रहेको उक्त गीतमा जीवन प्याकुरेलको शब्द, खेम सेन्चुरीको संगीत, कमल सौरागको संगीत संयोजन एबम सुनिता बुढा छेत्री र बेनिशा पौडेलको आवाज सुन्न सकिन्छ। गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।

भिडियोमा नायिका अनु साह र आभा थापा लगायतले आफ्नो नृत्य प्रस्तुत गरेका छन्। भिडियोको छायांकन अजय रेग्मी एबम सम्पादन दिपक बिष्टले गरेका हुन्। बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको उक्त गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल र विभिन्न अनलाइन प्लेटफर्म हरु मार्फत हेर्न तथा सुन्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here