एमालेसँग चुनावी तालमेलको कुरा सकिएको प्रचण्डको भनाइ

0
12

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको तालमेलको कुरा सकिएको बताएका छन् । पछिल्लो समय एमाले र माओवादी नजिक भएको भन्ने समाचार आइरहेको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकमा उनले अब एमालेसंग एकता गर्ने भन्ने कुरा सकिएको बताएका हुन् । उनले वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङबारे वैठकमा प्रष्ट्याएका थिए । उनले भने ‘अब एमालेसँग गठबन्धन वा तालमेलको च्याप्टर क्लोज भएको छ, त्यो सम्भावना तत्कालका लागि अन्त्य भएको छ।’
उनले अब वाम दलहरुबीच समाजवादी केन्द्र बनाए पनि आगामी चुनावसम्म कांग्रेससँगकै गठबन्धन कायम गरेर जाने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here