उकालो लाग्यो सुनको मूल्य

0
12

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो । आज छापावाल सुन बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार र तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here