करिस्मा मानन्धर र अन्जली अधिकारीको अभिनयमा सुनिता दुलालको तीज गीत सार्वजनिक

0
6

काठमाडौं- लोकप्रिय गायिका सुनिता दुलालले यस बर्ष (२०७९) को तीज लाइ लक्षित गरेर आफ्नो नयाँ गीत प्रकाशन गरेकी छन्। ”यो रमाइलो तीजैमा” बोलको उक्त गीतलाई बरिष्ट गीतकार उन्नति बोहरा शिला को शब्द रचना , बरिष्ट संगीतकार सम्भुजित बास्कोटाको संगीत एबम आफ्नै गायकीमा दुलालले आफ्नै अफिसियल युत्युव च्यानल मार्फत सार्बजनिक गरेकी हुन्। गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर,मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय रहेको छ । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले रंग संयोजन गरेका हुन् । भिडियोको पोष्ट प्रोडक्सन भने राइज मिडिया नेटवर्कले गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here