खोलाले बगाएर वडा सदस्यको मृत्यु

0
7

नुवाकोट- नुवाकोटमा खोलालेले बगाउँदा एकजना वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको हो। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो। तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको बताइएको छ। उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here