पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

0
2

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्‍यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here