आईपीओ निष्कासन गर्दै पिपुल्स पावर कम्पनी लिमिटेड

0
4
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- पिपुल्स पावर कम्पनी लिमिटेडले ८ असारदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख ३२ हजार ६०० कित्ता सेयरमध्ये इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता निष्कासन गर्न लागेको हो । आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २२ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले यस आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here