१२ हजार बढी स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह

0
74

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज (शनिबार) चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाइसकेका छन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न पाएका छन् । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरिएकाे बताउनुभयाे । स्वतन्त्र उम्मेदवारहरूका लागि निर्वाचन आयोगले लाैराे, ‘आँप’, भ्यागुतो, भुइकटहर, खसीको टाउकोदेखि गुलावको फूलजस्ता निर्वाचन चिह्न प्रदान गरेको अर्यालले बताउनुभयाे । आयोगका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here