भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु, छोरा घाइते

0
19

काठमाडौं- भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हाम्फालेका छन् । गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ । पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए । मातुरामको वीर अस्पतालमा उपचार भइरहेको छ । आमाछोरा डिप्रेशनका बिरामी थिए । उनीहरुले लेखेर छाडेको सुसाइड नोट घटनास्थलमा भेटिएको छ । नोटमा मानसिक र शारीरिक रुपले अशक्त भएको हुँदा सो निर्णयमा पुगेको उनीहरुले उल्लेख गरेका छन् । मातुरामले एक वर्षअघि पत्नीसँग डिभोर्स गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here