रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको घट्नास्थलमै मृत्यु

0
20

जनकपुरधाम – धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here