अनुहार सुन्दर बनाउन यसरि लगाउनुहोस घ्यू

0
19

काठमाडौं – शुद्ध घ्यू स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आयुर्वेदमा पनि घ्यूको फाइदाको बारेमा उल्लेख गरिएको छ । स्वास्थ्यसँगै छालाका लागि पनि घ्यू फाइदाजनक मानिन्छ । घ्यूमा फ्याटी एसिड, स्याचुरेटेड फ्याट, मोनो स्याचुरेटेड फ्याट, भिटामिन ए, बी, डी, के र ई आदि पाइन्छ । यसका साथै, घ्यूमा हिलिङ प्रोपर्टी पनि हुन्छ । जसले छालालाई निकै धेरै फाइदा गर्छ । छालामा घ्यू प्रयोग गर्न सकिन्छ । तर, यसमा अन्य चीजहरु मिसाएर लगाउँदा झनै धेरै फाइदाजनक हुन्छ ।

  • बेसन र घ्यू

यसका लागि एक चम्चा घ्यू, एक चम्चा बेसन र गुलाब जल मिसाउने । त्यसपछि आवश्यकताअनुसार गुलाब जल पनि मिसाउने । उक्त मिश्रणलाई अनुहारमा लगाउने र औंलाले विस्तारै मसाज गर्ने । त्यसपछि १५ मिनेटपछि मनतातो पानीले अनुहार पखाल्ने गर्नुपर्छ ।

  • घ्यू, काँचो दूध र चिनी

एक चम्पा घ्यु, एक चम्चा काँचो दूध र एक चम्पा चिनी मिसाएर स्क्रब बनाउने र त्यसले २ मिनेट अनुहारमा स्क्रब गर्ने । त्यसपछि अनुहार सफा गर्ने गर्दा अनुहार चम्किलो हुन्छ ।

  • घ्यू, बेसार र घ्युकुमारी

एक चम्चा घ्युकुमारीको जेल, आधा चम्चा घ्यू र एक चिम्टी बेसारको धुलो मिसाउने । यसलाई १० मिनेटसम्म अनुहारमा लगाएर छोड्ने । त्यसपछि विस्तारै मसाज गरेर मनतातो पानीले सफा गर्ने । यसले अनुहारमा भएका दाग धब्बा हराउँदै जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here