कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरु होल्डमा

0
23

काठमाडौं- कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा परेका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ । जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको आकासमा फन्को मारिरहेका छन् । आईएफआर उडान भएको समयमा भीएफआर प्रणालीमा जस्तो छिटो उडान/अवतरण गराउन मिल्दैन । सोहीकारण जहाजहरुलाई होल्ड गराएर निश्चित समयमा एक/एक जहाजलाई उडान तथा अवतरण गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here